शुक्रबार, वैशाख ४, २०८३

ओली सरकारले नै चुच्चे नक्सा जारी गर्‍यो : अध्यक्ष थापा

मेरोन्यूज २०७८ मंसिर १० गते १३:५९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको एक शक्तिशाली पार्टी भएको बताएका छन् । चितवनमा सुरु भएको नेकपा एमाले १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले देशको ठूलो पार्टीसमेत रहेको बताएका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सम्बोधन गर्दै अध्यक्ष थापाले एमालेले महाधिवेशनबाट निस्कदै गर्दा देशमा आइपरेको संकटलाई निर्मूल पार्ने आशा व्यक्त गरे । उनले एमाले अध्यक्ष ओली नेतृत्व सरकारमा आफूसमेत सहभागी हुन पाएको भन्दै त्यस कार्यकालमा देशभक्ति र सहासिक काम गरेको स्मरण गरेका थिए ।

‘धेरै अवरोधका बीचमा केपी ओली सरकारले गरेको दुईवटा काम सम्झिरहने छु, तराईको मधेस आन्दोलन र नेत्र विक्रम चन्द ‘विप्लव’लाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु भएको छ, यो आफैमा राम्रो काम हो,’ उनले भने, ‘यति मात्रै होइन, ओली नेतृत्वको सरकारले नै लिम्पियाधुरा, लिपुलेक समेटेर देशको चुच्चे नक्सा जारी गर्न सफल भएको हो, संविधानमा चुच्चे नक्सा समट्ने काम भएको हो ।’

उनले एमाले महाधिवेशले देशमा हुन लागेको संकट समाधानलाई समेत सम्बोधन गर्ने आशा रहेको बताएका थिए ।

प्रतिक्रिया