एमाले महाधिवेशन
ओलीले देउवालाई भने- मेरा खुट्टा तान्नेहरु तपाईका खुट्टा समाइरहेका छन्

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खुट्टा तान्नेहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाइरहेको बताएका छन् ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे चितवनको सौराहामा आज उद्घाटन गर्दै ओलीले प्रधानमन्त्रीलाई आफ्नो प्रमुख अतिथि बनाएर प्रधानमन्त्रीकै टिप्पणी नगर्ने बताए ।
‘तर प्रधानमन्त्रीजीलाई एउटा गोप्य कुरा भन्नैपर्छ’, ओलीले भने, –‘आगादो चुनावपछि एमालेको सरकरा बन्छ ।’ ओलीले यसो भनिरहँदा मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मुसुमुसु हाँसिरहेका थिए ।
मध्यावधि चुनाव घोषणा गरेको कुरालाई बचाउ गर्दै ओलीले अध्यादेश परमादेशको बाटो नगएर जनताकाबीचमा जानुपर्ने बताए । जनतकाबीचमा जान अरु राजनीतिक शक्तिहरु त्रसित भएको ओलीको भनाइ थियो । आफूले घोषणा गरेको समयमा चुनाव नभए पनि अब कुनै न कुनै रुपमा चुनावहरु आउन लागेको बताए ।
उनले एमालेका लागि होइन, देशका लागि पनि एमालेले जनमतबाट एकल बहुमत ल्याउनुपर्ने भन्दै अब चुनावको तयारी तर्फ लाग्न आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरे ।
लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वनयका लागि एमालेले बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । विकासको लहर चलाउन, छिटै दिगो विकास लक्ष्य नौ वर्षभित्रै पूरा गर्नुपर्ने अवस्था रहेको पनि ओलीले बताए ।
एमाले अध्यक्ष ओलीले आफूले लिपुलेकदेखि लिम्पियाधुरासम्मको नक्सा बनाए पनि त्यो जमीन फिर्ता नभएको भन्दै अब संवादको माध्यामबाट ती जमीनहरु फिर्ता गर्ने दाबी गरे । उनले छिमेकी राष्ट्रहरुसँग आफूले पारस्परिक सम्बन्ध कायम गर्न चाहेको बताए ।
एमाले अध्यक्ष ओलीले आफूले देशलाई एकजुट बनाएर समस्या समाधान गर्ने बारम्बार दोहोर्याए ।
..
एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएकाबेला समुन्द्रमा नेपाली जहाज चलाउने योजनाअनुसार नै अहिले नेपालका नदीहरुमा स्टिमर र डुंगाहरु चलिरहेको संकेत गरे । उनले मुलुकको समृद्धिको कुरा यसअघिका भाषणमा जस्तै दोहोर्याएका थिए ।
उनले नेपाल निकै सम्भावनाको देश रहेको भन्दै दुई दुई वटा नदीमा शालिग्राम पाइने देश नेपाल रहेको चर्चा गरे । कालीगण्डकीपछि चितवनको सारयु नदीमा शालिग्राम पाइने उल्लेख गरे ।
ओलीले सामाजिक सदभाव र राष्ट्रिय एकता, पारस्परिक सम्बन्ध र एकताको पक्षमा रहेको कुरा पनि आफ्नो भाषणमा पटक पटक दोहोर्याएका थिए ।
ओलीले सिके राउतदेखि विप्लवसमेतलाई ब्यङग्य गरे । पृथकतावादी विचार बोकेका र हिंसात्मक विचार बोकेका साथीहरुलाई आफूले शान्तिपूर्ण अवस्थामा ल्याएको दाबी गरे ।
‘नेपालमा अब पृथकतावाद छैन, हिंसा हुनेछैन ।’ ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौं, कुनै पनि बाहनामा कुनै पनि नाममा हिंसाको विपक्षमा छौं ।’
नेपालमा अब राजनीतिक हिंसा नहुने उल्लेख गर्दै विदेशी लगानीकर्ताहरुलाई पनि नेपालमा लगानी गर्न आह्वान गरे ।
..
एमाले अध्यक्ष ओलीले पार्टीको दशौं महाधिवेशनपछि पूर्व लडाकूहरुको ब्यवस्थापन गर्नेसमेत आश्वासन दिए । पूर्व लडाकुहरु एमाले प्रवेश गर्न लहर लागिरहेको पनिप उनले दाबी गरे ।
बर्हिगर्मित लडाकु तथा पूर्व लडाकुहरुहरुको ब्यवस्थापनको जिम्मा आफ्नो भएको भन्दै ओलीले हिजो गल्तीले अलमलमा परेको भन्दै पूर्व लडाकुहरुलाई एमालेमा आउन आह्वान गरे ।
लडाकुहरुलाई लडाएर आफूहरु सत्तामा बसेको भन्दै ओलीले माओवादी नेतृत्वको आलोचना गरे । उनले कुल्ली दाइले बाटो बनाएर गाडी अर्कैले गुडाएको उदाहरण दिए ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया