इँटको जवाफ पत्थरले दिने गरी तयारी गरौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमी कमजोरी सच्याउनु पर्ने बेला आएको बताएका छन् । आज देशभर स्थानीय तहको पार्टी अधिवेशनलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उनले पार्टी संगठनलाई बलियो बनाउनु पर्ने बेला आएकाले कमजोरी सच्याउनु पर्ने बताएका हुन् ।
शनिबार दिउँसो १ बजे देशभर हुन लागेको पालिका सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभर पार्टीको प्रगति भएको दाबी गरे । उनले पार्टीका सबै नेता कार्यकर्ताहरू एकताको ढिक्कामा बाँधिएर अगाडि बढे देशको सबैभन्दा ठूलो दल बन्ने दाबी गरे ।
‘आज देशको स्थिति के छ भने यदि, माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने देखिएको छ,’ उनले भने, ‘माओवादीले रगत बगाएर ल्याएको यति ठूलो परिवर्तन हामीले ल्याएको हो भन्न पनि हिचकिचाउनु पर्ने बेला आएको छ, अब यस्तो हुन दिनु हुन्न, हामी अलि खरो रुपमा देखिनु पर्ने बेला आएको छ, यसमा त अरूले छल गर्न लागे ।’
सम्बोधनका क्रममा उनले अब पार्टीका सबै तहमा उत्पादन र सहकार्य अनिवार्य भएको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्म रहेको सरकारले जनताको हकहितमा काम गरी सरकार र पार्टीको नीति नियम कार्यन्वयन गर्नु पर्ने बताए ।
उनले आफ्नो पार्टीमाथि हमला भए इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्न सबैलाई आग्रह गरे । ‘हामी अब इँटको जवाफ पत्थरले दिने गरी तयारी गरौँ,’ उनले भने ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया