आज कुन राशीको दिन कस्तो ?

आज २०७८ साल मंसिर महिनाको १२ गते आइतबार, मंसिर कृष्णपक्षको नवमी तिथि ।
मेष
भाग्यको बलियो साथ रहेकाले चतु¥याईमा हुने बृद्धिले आत्माबल बलियो बनाउने छ । परिवारको पूर्ण साथ मिल्ने छ । सर सापटीका विषयमा गम्भीर बन्नु पर्ने समय छ । पेशागत जीवनमा विभिन्न खाले उल्झन र समस्याहरु देखा पर्ने छन् । साझेदारीका काममा साझेदारका बीच कडा मिजासको स्वाभाव देखा पर्ने भएकाले एक अर्काको विचारमा शान्तिपूर्वक सुन्ने र ध्यान दिँदा उपयुक्त हुने छ ।
वृष
समय अलि प्रतिकुल रहेकाले धैर्यताको आवश्यकता छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका बोससँग सम्बन्धमा कटुता आउने योग रहेकाले सतर्क भएर अघि बढ्दा उपयुक्त हुने छ । मनमा निरन्तर दुविधाले सताउने छ । सुखमा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद तथा कटुता बढ्न पुग्ने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वासमा कमि आउन जाने छ ।
मिथुन
रिस अत्याधिक कडा खालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई हानि पुर्याउने भएकाले सतर्क रहनु होला । महत्वाकांक्षि ब्यक्तित्व हुने छ । जीवन साथिको सथ लिएर अघि बढ्नु भएमा परिस्थिति अनुकुल बन्न पुग्ने छ । पेशागत जीवन सकारात्मक नै देखिएता पनि भाग्यको साथ कम रहनाले पेशा तथा ब्यावसायमा विभिन्न खाले कठिनाईहरुको सामना गर्नु पर्ने छ । राजनीतिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।
कर्कट
अरुको विश्वास आर्जन गर्न सकिने छ । ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा बढोत्तरी हुने छ ।साझेदारीमा गरिएका कामहरुमा सकारात्मक बन्ने छन् । मनमा दुविधा अत्याधिक बढ्ने भएकाले मन नियन्त्रण गर्न नसके अरुको विश्वास गुम्न पुग्ने छ । चिसोले सताउने भएकाले पानी र पानीजन्य विषयमा सतर्क रहनु होला ।
सिंह
अनुशासित जीवन पद्धति हुने छ । बोलीको प्रभाव बढ्ने छ । आत्माबलले भरिएको नेतृत्वदायी ब्यक्तित्व हुने छ, जसले गर्दा राजनीति, प्रशासन तथा निजामति क्षेत्रमा सफलता मिल्ने छ । ब्यवस्थापकीय क्षमतामा अभिवृद्ध हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । धन धान्य र पैतृक सम्पत्तिको अनुकुलता बढ्ने छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् ।
कन्या
बाणिको प्रभावले आफूप्रति अरुको ध्यानाकर्षण गर्न सकिने भएता पनि रिस कडा हुने हुँदा रिसले विषयलाई बिगार्ने भएकाले सतर्कता आवश्यक छ । आकर्षक ब्यक्तित्व हुने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य आर्जन हुने अवस्था छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् । भाग्यको साथ रहेकाले पेशागत जीवनमा देखिने अवरोधहरु सामना गर्ने र आफू अनुकुल बन्दै जाने छन् ।
तुला
आम्दानीमा बृद्धि हुने छ । भाग्यको बलियो छ, जसले गर्दा दृढ खालको ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल नै देखिन्छ । राजनीति, प्रशासन, निजामति, ठेक्कापट्टा आदी क्षेत्रमा संलग्नहरुलाई थप जिम्मेबारी प्राप्त हुने छ । कामको कदर हुने छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् । आर्थिक लेनदेनमा चुक्ने खतरा देखिएकाले सतर्क रहनु नै वेश हुने छ ।
वृश्चिक
टाउको झुम्म भइरहने समस्याले पिरोल्ने छ । शरीरमा कमजोरीको महशुस हुने भएकाले काममा जाँगर कम हुन पुग्ने छ । जीवनसाथिको साथसहित काम गर्नु भएमा फाइदा मिल्ने छ । साझेदारीका कामहरुले सन्तोष प्रदान गर्ने छन् । नेतृत्व क्षमतामा कमि आउने भएकाले प्राप्त जिम्मेबारी धैर्यतापूर्वक निर्वहन गर्न तर्फ ध्यान दिनु होला । ठेक्का पट्टा, घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, सर्जरी आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ अघि बढ्नु पर्ने समय छ ।
धनु
भाग्यको साथले गर्दा कठिनाईहरुसँग जुध्ने ब्यक्तित्व निर्माण हुने छ । मनोबल उच्च रहने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता र द्वन्द चर्किन पुग्ने छ । ब्यवस्थापकीय क्षमतामा कमि आउने छ । पेशागत जीवनमा समय औसत रहेको छ ।
मकर
मेहनति र पराक्रमी स्वाभाव कायम रहने छ । आम्दानीमा बृद्धि हुने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा अनुमान नगरिएका अबरोधहरु आउन जाने छन् । परिवारको साथका कारण ब्यक्तित्वमा कदर हुन पुग्ने छ । साझेदारीमा भरोसा गरि अघि बढेमा राजनीतिक लाभ प्राप्त हुने छ । सवारीसाधन, रियल स्टेट, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही अनुकुल बन्न पुग्ने छ । धेरै चुनौतिले भरिएका काम थाल्ने समय रहेको छैन् ।
कुम्भ
भाग्यहिनताको अभाष हुने भएकाले मनमा दृढताको कमि हुन जाने छ । मनमा अत्याधिक दुबिधा बढ्ने भएकाल निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता बढ्न पुग्ने छ, नेतृत्व कसले लिने भन्ने विषयमा द्वन्द देखा पर्ने छ । जीवनसाथिको आड भरोसामा मेहनत र पराक्रमीपना कायम रहने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा कठिनाईहरु उत्पन्न हुने छन् ।
मीन
आम्दानीमा सोचे जस्तो नहुने भएकाले चित्त बुझाउँदै अघि बढ्नु पर्ने समय छ । व्यक्तित्व भने दृढ खालको हुने छ । यससँगै आवश्यकता भन्दा कडा र रिसाहापन पनि बृद्धि हुने भएकाले यसलार्य नियन्त्रण गर्न नसक्दा आफैलाई हानि पु¥याउने भएकाले त्यसतर्फ ध्यान दिनु होला । पारिवारिक जीवनमा मधुरता उत्पन्न हुने छ, जसले प्रतिकुलतासँग जुध्न तागत दिने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया