कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सिसिएमसी बैठक बस्दै

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति ‘ओमिक्रोन’ भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने भएको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका देशहरूबाट आएका यात्रुको स्वास्थ्य परीक्षणमा कडाई गर्ने भएको छ ।
कोरोनाको नयाँ भेरियन्टबारे छलफल गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ । बैठकमा स्वास्थ्य विज्ञको सुझाव लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट फैलिएको देशबाट आएका व्यक्तिलाई एक साता अनिवार्य क्वारेण्टाइनमा राखिने विषयमा छलफल गरिसकेको छ । यसका लागि विमानस्थलमा नै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने मन्त्रालयले जनाएको छ ।
नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशित क्षेत्र हङकङमा समेत ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल–हङकङ सीधा हवाई उडान स्थगित गरिएको छ ।
दक्षिण अफ्रिकासहित युरोपका केही देशमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया