कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सिसिएमसी बैठक बस्दै

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति ‘ओमिक्रोन’ भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने भएको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका देशहरूबाट आएका यात्रुको स्वास्थ्य परीक्षणमा कडाई गर्ने भएको छ ।
कोरोनाको नयाँ भेरियन्टबारे छलफल गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ । बैठकमा स्वास्थ्य विज्ञको सुझाव लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट फैलिएको देशबाट आएका व्यक्तिलाई एक साता अनिवार्य क्वारेण्टाइनमा राखिने विषयमा छलफल गरिसकेको छ । यसका लागि विमानस्थलमा नै एन्टीजेन परीक्षण अनिवार्य गर्ने विषयमा निर्णय हुने मन्त्रालयले जनाएको छ ।
नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशित क्षेत्र हङकङमा समेत ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । नेपाल–हङकङ सीधा हवाई उडान स्थगित गरिएको छ ।
दक्षिण अफ्रिकासहित युरोपका केही देशमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया