जाजरकोटमा रात्री बस दुर्घटना, ५ जनाको मृत्यु, २७ घाइते
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । वाँकी २७ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्री बस गए राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा परेर आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका १० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको भने अझै सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।
बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न करिब १० किलोमिटर छ।
दुर्घटनामा परेर नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, जाजरकोटको बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्बप्रसाद पुन घाइते रहेका छन्।
जाजरकोटको नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार लगायत पनि घाइते रहेको प्रहरीले जनाएको छ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया