कांग्रेस सभापतिमा युवराज न्यौपानेको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि गोरखाका ४० वर्षीय युवराज न्यौपानेले केन्द्रीय सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । आइतरबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले यही मंसिर २४ गतेदेखि हुने पार्टीको महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनी सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् । आरुघाट गाउँपालिका ८ का उनी ०६२ सालका क्रियाशील सदस्य हुन् । उनले आफ्नो एजेण्डा स्थापित गर्न सभापतिमा उमेदवारी दिन लागेको बताए । ‘आफू सभापति भए पार्टी बाहिर जे सुकै भने पनि पार्टीभित्र सबैलाई ‘जी’ भन्ने अभियान सञ्चालन गर्ने छु ’ न्यौपानेले भने ,‘ काग्रेसले देशमा भएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व गर्यो, तर आफैंभित्र क्रान्ति गर्न सकेन, अब नेतृत्व परिवर्तनको क्रान्ति स्वरुप केन्द्रीय सभापतिमा उठ्ने निणर्यमा पुगेको छु । ’
अहिलेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै सभापतिमा परीक्षण भइसकेको हुदाँ नयाँ अनुहार सभापतिमा आउनु पर्ने उनको भनाई छ । ‘म जिते पनि हारे पनि मेरो एजेण्डाले जित्छ,’ उनले भने, ‘म सभापति लडेर एजेण्डा जिताउँछु ।’
जिल्लामा महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय सभापति लड्न ठूलो संघर्ष गरेको पनि उनले बताए । ०५७ मा तत्कालीन आरुपोखरी गाउँ कमिटीको सचिव भएर काम गरिसकेका छन् भने उनी चीनको जनसम्पर्क समितिका संस्थापक महामन्त्री हुन् ।
उनी ०५७ देखि २०६० सम्म माध्यमिक शिक्षकसमेत रहेका थिए । पछिल्लो समय व्यापार–व्यवसायमा संलग्न रहेका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा नेताहरूले उम्मेदवारी घोषणाको सुरुवात गरिसकेका छन् । कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।










अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा
साेमबार बढ्याे नेप्से, काराेबार रकम ३ अर्ब ४४ करोड
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया