उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत मोटरसाइकल बरामद गर्दै आएको जानकारी दिए । उहाँले एकान्त ठाउँमा पार्किङ नगर्नसमेत सवारी धनीलाई आग्रह गरे ।
महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २१ जनालाई पक्राउ गरी कारबाहीका लागि उपत्यकाका विभिन्न वृत्तमा पठाइसकेको छ । रासस













जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
Magnitude 6.7 earthquake strikes off the coast of Mindanao Island in southern Philippines
नेकपाले पनि टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (नामावलीसहित)
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
प्रतिक्रिया