अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए ।
मन्त्री शर्माले भन,‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन्। कार्यविधि र मुल्याङकनको काम अगाडी बढाउन प्रेस सेन्टरले बातावरण बनाउनु पर्छ । यो कामको सुरुवात गर्न प्रसे सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरुको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ ।’
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताए । उनले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्तिप्रक्रियादेखि आजसम्मको स्थितीमा आएको बताए । मन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औँल्याए ।


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया