आज कुन राशीको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको १४ गते मंगलबार, मंसिर कृष्णपक्षको एकादशी तिथि । आज उत्पत्तिका एकादशी व्रत ।
मेष
मनमा नकारात्मक भावनाले घेर्ने भएकाले धार्मिक आध्यात्मिक उपायहरुमा ध्यान केन्द्रीत गर्दा राम्रो हुने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल थोरै मात्र प्राप्त हुँदा मनमा निराशा अझ बढ्न पुग्ने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित भएर पाईला चाल्नु होला । सकभर विवादमा फस्दै नफस्नु होला, यसबाट बच्ने कोशिस गर्नु नै उत्तम हुने छ । जलविद्युत, होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, डान्सबार, बाउन्सर, खेलाडि, बडिगार्ड जस्ता पेशामा आवद्धहरुलाई समय शुभ रहने छ ।
वृष
साझेदारीमा गरिएका काममा प्रगति हुने छ । जीवनसाथिको साथसहित काम गरेमा त्यो निकै प्रतिफलमुलक बन्ने छ । पितासँग बादबिबाद तथा सोचाई मिल्ने छैन् । त्यसैगरी आफ्नो कार्यालयका बोसहरुसँग पनि बिबाद बढ्ने खालको समय सक्रिय रहेकाले संयमित हुनु होला । फलामजन्य कारोवार, श्रम आपूर्ति, पेट्रोलिय पदार्थको कारोवार, मलको कारोवार, विषादीको कारोवार आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।
मिथुन
मनमा अशान्ति तथा पिरलो मात्र महशुस हुने भएकाले ध्यान, जप तप, योगाभ्यास गर्ने तर्फ अग्रसर हुनु होला । दाम्पत्य जीवनमा समस्या आउने भएकाले दम्पत्तिमा बादबिबादमा नजानु होला । साझेदारीका कामहरुमा पनि कठिनाई उत्पन्न हुन पुग्ने छ । वाणिज्य क्षेत्र, व्यवस्थापन, स्टेशनरी जस्ता क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल बन्ने छैन् । आयात निर्यात, पानीको कारोवार, कोल्ड ड्रिङ्स, आइसक्रिमको ब्यापार आदीमा सहभागिहरुलाई समय प्रतिकुल बन्ने छ ।
कर्कट
मेहनत र पराक्रमी स्वाभावमा अस्वाभाविक गिरावट आउने छ । ज्ञान विज्ञानको क्षेत्रमा भने प्रगति हुने छ । बौद्धिक, प्राज्ञिक, धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । मनमा सुखको अभाषमा बढोत्तरी हुने छ । सन्तान सुख प्राप्त हुने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने छ । यसले गर्दा प्रतिष्पर्धीहरुले हेप्ने भएकाले यसबारे ध्यान दिनु होला ।
सिंह
व्यक्तित्वमा दृढता आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान पु¥याउनु होला । पेशागत जीवनमा पनि समस्या आउने छ । साझेदारीमा गरिएका काममा गम्भीरखाले बिबाद देखा पर्ने छ । ब्युटिसियन, सौन्दर्यका प्रशाधन, भान्साको सामानको कारोवार, घरायशी सामानको कारोवार, सजावटका सामानको कारोवार गर्नेहरुलाई समय फाइदाजनक छ ।
कन्या
बुद्धि र चतुरताको कमि हुन जाने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले उच्च सतर्कतासहित संयमित रहनु होला । बोलीको प्रभावमा गिरावट आउने छ । आम्दानीमा भने सकारात्मक अवस्था आउने छ । मनमा नकारात्मकताले सताउने छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । शैक्षिक क्षेत्र, अध्यापन, शिक्षण, पत्रकारिता जस्ता क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।
तुला
आत्माविश्वास बढ्ने छ । सुख, सुविधाको उपयोग गर्न पाइने छ । तर मनमा पटक्कै सन्तोष र खुशी हुने छैन् । मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । छोटो यात्रामा निस्कनु पर्ने छ । साझेदारीमा रिएका काममा अबरोध आउने छ । आम्दानीमा भने हल्का बृद्धि हुन जाने छ । पेशागत जीवन मध्यम खालको रहने छ । व्यवस्थापन, राजनीति क्षेत्र, श्रम क्षेत्र, निर्माण जगत, फोहर ब्यवस्थापन, कवाडी सामान आदीको व्यापारमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।
वृश्चिक
सितल खालको र नरमखालको व्यक्तित्व बन्ने छ । जसले गर्दा अरुले सहज महशुस गर्ने छन् । तर बोलीमा अलि तिखोपन आउने छ । यसले गर्दा परिवारमा भने कटुता उत्पन्न हुन पुग्ने छ । पारीवारिक धन सम्पत्ति र पारीवारिक विषयमा तनाव उत्पन्न हुन पुग्ने छ । पेशागत जीवन अनुकुल नै रहने छ । ठेक्कापट्टा, निर्माणका सामग्री, गिटी, वालुवा, सिमेण्ट, फलामका वस्तुहरु, ग्यारेज लगायतका क्षेत्रमा संलग्नहरुलाई समय सकारात्मक रहने छ ।
धनु
बोलीमा नरमपना देखिने छ । जसले गर्दा अरुले तपाई प्रति सकारात्मक धारणा बनाउने छन् । परिवारको साथ रहने छ । पेशागत जीवनमा भने समस्या आउने भएकाले विचार पु¥याउनु होला । खास गरी ब्यापार गर्नेहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । स्टेशनरी, शिक्षा क्षेत्र, अध्यापक, शिक्षण, धार्मिक क्षेत्र जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूर्ण रहेकाले ध्यान दिनु होला । पढाईमा पनि मन जाने छैन । खासगरी विद्यार्थी जगतले राम्रो प्रदर्शन गर्न सक्ने छैनन् । विवाहका क्रममा रहेकाहरुलाई अबरोध देखा पर्नेछ ।
मकर
भाग्यहिनताको अवस्था छ । जसले गर्दा सुख सन्तोषको अभाव हुने छ । घर घडेरी बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने भएकाले सतर्क रहनुहोला । शारीरिक रुपमा चोट पटक तथा स्वास्थ्य अवस्थामा आउने समस्याका कारण अस्पतालको खर्च गर्नुपर्ने अवस्था आउन जाने छ । साझेदारीमा गरिएका काममा द्वन्द देखा पर्न जाने छ । ब्यापार तथा व्यवस्थापनमा संलग्नहरुलाई भने समय सकारात्मक रहने छ ।
कुम्भ
दुविधात्मक ब्यक्तित्व बन्ने छ । मनोबल कमजोर हुने छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा पनि नकारात्मक अवस्था देखा पर्ने छ । समय संयमित रहनु पर्ने खालको छ । पेशाप्रति समर्पित हुन भने मन केन्द्रीत हुने छ । रेष्टुरेण्ट, होटल, डान्सबार, बाउन्सर, सेक्युरिटी क्षेत्र आदीमा कार्यरतहरुलाई समय प्रतिकुल छ ।
मीन
सन्तानहरुबाट अपजस आउने छ । अध्ययन अध्यापनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा शिथिलता आउने छ । शारीरिक कमजोरी अध्याधिक बढ्न जाने र रगतजन्य समस्याले च्याप्न खोज्ने भएकाले शारीरिक अभ्यास र योगाभ्यासमा अनुशासित भएर संलग्न भएमा फाइदा मिल्ने छ । बोलीमा अनावश्यक कडापन बढ्न पुग्ने भएकाले यसप्रति पनि संयमित रहनु होला । वाणिज्य, ब्यापार, व्यवस्थापन, स्टेशनरी, पत्रकारिता जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल रहने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया