एमाले नेतृत्व चयनमा खस्यो एक हजार ३०० मत
मेरोन्यूज
२०७८ मंसिर १४ गते ८:४६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म एक हजार ३०० मत खसेको छ । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान भोटिङ मेसिनबाट भइरहेको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल दुई हजार १५३ महाधिवेशन प्रतिनिधिमध्ये १ हजार ३०० मत खसिकेको हो । अहिले अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा मतदान हुँदै छ ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् भने ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दै छन् ।
यस्तै, ७ सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गरेका छन् ।
सम्बन्धित

















५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया