पब्लिक स्पिकर रमेश प्रसाईँलाई पुत्री लाभ
मेरोन्यूज
२०७८ मंसिर १४ गते २०:५०

काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहलाई पुत्री लाभ भएको छ ।
मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरी जन्माएकी हुन् । नन्दाले छोरी जन्माएको खबर पाएपछि दीपाश्री निरौला लगायतका कलाकारहरु बधाइ दिन अस्पताल नै पुगेका थिए ।
सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय प्रसाईँको गत वर्ष नन्दासँग विवाह भएको थियो ।
देशको समसामयिक राजनीति तथा टिप्पणी गर्न खप्पिस प्रसाईँले कृष्ण कण्डेलको इन्द्रेणी टिमकी कल्पना दाहालसँग काठेभाकाको दोहोरी गाएपछि प्रसाईँको चर्चा अझै चुलिएको थियो ।
प्रसाईँ पछिल्लो समय ग्यालेक्सी टेलिभिजनमा कार्यरत छन् ।
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया