सर्वोच्चमा मुद्दाको पेसी तोकियो तर सुनुवाइ हुन सकेन
मेरोन्यूज
२०७८ मंसिर १७ गते १२:४९

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ । सर्वोच्चमा मुद्दाको पेसी तोकिए पनि सुनुवाइ भने सुरु हुन सकेको छैन ।
सुनुवाइका लागि ११ वटा इजलास गठन भएका छन् । नौ संयुक्त र दुई एकल इजलास रहेका छन् । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ । सर्वोच्चमा यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को संक्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएका थिए । उनी आज अस्पतालबाट घर फर्किएका छन् ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया