कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री बलायर र मिश्रबीच प्रतिष्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिने भएका छन् । उनले संस्थापन पक्षबाट उम्मेदवारी दिने भएका हुन् ।
संस्थापन पक्ष र इतर पक्षबीच सहमतिमा सभापति सभापतिसहित पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि संस्थापन समूहबाट बलायरले उम्मेदवारी दिने भएका हुन् ।
सुदूरपश्चिममा संस्थापन इतर समूह कमजोर मानिएको छ । इतर समूहले पदाधिकारीमा धेरै पद दाबी गरेपछि निर्वाचनमै जाने निश्कर्षमा संस्थापन समूह पुगेको हो ।
संस्थापन इतर समूहबाट सुदूरपश्चिम प्रदेश सभापतिमा नारायण मिश्रले उम्मेदवारी दिँदैछन् । प्रदेश अधिवेशनका लागि उम्मेदवार मनोनयन दर्ता शुक्रबार नै हुँदैछ । शुक्रबार मनोनयन दर्ता भएपछि शनिवारका लागि मतदानको समय तोकिएको छ ।
विहीबार सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गरिएको थियो ।
प्रदेशमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, एक महिलासहित ३ सहमहामन्त्री तथा ५१ प्रदेश सदस्यका लागि निर्वाचन हुनेछ ।


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया