भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए
मेरोन्यूज
२०७८ मंसिर २० गते १४:४९

काठमाडौँ । भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो । यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।
यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ । त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ । अरु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ । नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो ।
सम्बन्धित

















ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की निर्वाचित
इरानका राष्ट्रपतिले भने – इजरायल र अमेरिकासामु कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनाैं
गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया