जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २१ गते १०:१३
काठमाडौँ । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ घिमानेका बुदुराम खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचार गर्न नेपालगन्ज पठाइएको छ । मुसीकोट २ को बरेली बजार नजिकै सोमबार साँझ जन्ती बोकेको बस दुर्घटना भएको हो । घाइतेमध्ये २१ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका २ को पिपलबाट जन्ती लिएर मुसिकोट १ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दुर्घटना भएको हो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया