सरकारको काम ब्यवस्थित गर्न माओवादीले बनायो प्रचण्डकै नेतृत्वमा समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस नेतृत्वमा आफ्नो पार्टी समेत सम्मिलित सरकारको काम र पार्टीको कामलाई ब्यवस्थित गर्न समिति गठन गरेको छ । सरकारमा सहभागी ५ जना मन्त्री समेतलाई राखेर सरकार र पार्टी कामलाई ब्यवस्थित गर्न समिति गठन गर्ने निर्णय माओवादीले गरेको हो ।
अध्यक्ष प्रचण्डकै नेतृत्वमा त्यस्तो समिति गठन गरिएको प्रचण्डले मातहातका पार्टी कमिटिलाई पठाएको आन्तरिक परिपत्रमा उल्लेख छ । समितिमा हरिवोल गजुरेल सचिव रहनेछन् । त्यसमा देव गुरुङ पनि सदस्यउ रह्ने छन्। मन्त्रीहरुमा पम्फा भुसाल, जर्नादन शर्मा, देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज सदस्य रहने छन् ।
मंसिर १७ मा प्रचण्डले गरेको सर्कुलरमा भनिएको छ,–‘सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा कमरेड हरिबोल गजुरेल सचिव रहने गरी कमरेड देव गुरुङ, कमरेड लीलामणि पोख्रेल र ५ जना माननीय मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरिएको छ ।’


















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया