शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा ८०० मृगौला प्रत्यारोपण

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ८०० मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । २०६९ माघ ६ गते बाट मृगौला प्रत्यारोपण शुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै ८०० मृगौला सफलतापूर्वक प्रत्यारोपण गरेको हो ।
केन्द्रको कार्यकारी निर्देशकमा २ महिना अघि मात्र डा पुकार चन्द्र श्रेष्ठको पुनः नियुक्ति भएपछि प्रत्यारोपणले गति लिन थालेको छ । दशै तिहारको छुट्टीको बिचमा समेत ३७ जनाको मृर्गौला प्रत्यारोपण गर्दा शत प्रतिशत सफलता हात परेको हासिल भएको केन्द्रले जनाएको छ ।
जसमध्ये २५ जना पुरुष र १२ जना महिला रहेका छन । उनीहरु प्रदेश १ बाट ८ जना, प्रदेश नं. २ बाट १० जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ४ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णली प्रदेशबाट २ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना रहेका छन् ।ति मध्ये २ जनाको अन्यत्र गरेको प्रत्यारोपण फेल भएका विरामीहरुको सफल प्रत्यारोपण भएको छ भने २ जना नेपाली बेलायतबाट प्रत्यारोपणको लागि आएका थिए ।
नेपालको प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ र वरिष्ठ नेफ्रालोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, नि.नर्सिङ्ग निर्देशक कोपिला दाहालको टोलीले हाल सम्म सम्पन्न गरेको मृगौला प्रत्यारोपणमा अंगदातातर्फ शत् प्रतिशत सफलता हासिल गरेको र मृगौला प्रत्यारोपणमा ९८ % सफलता प्राप्त गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसारउक्त टोलीमा केन्द्रको नेफ्रोलोजी विभागबाट डा लुसन सिंह, डा ललित कुमार यादव, डा सुरेश महर्जन तथा युरोलोजि टोलीमा डा विजयमान सिंह कटुवाल, डा विपेश श्रेष्ठ, डा रवि किरण गौतम, डा किरण जंग कुँवर लगायतका चिकित्सक संलग्न छन ।
यस्तै एनेस्थेसिया विभागमा डा. निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा शोभित थापा, डा रश्मीत श्रेष्ठ, डा दिक्षा प्रसाइँ लगायतको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ ।
रेडियोलोजि तर्फ डा कृष्ण बुढाथोकी तथा प्याथोलोजिष्ट डा सविना श्रेष्ठ लगायतको टोली, ट्रान्सप्लान्ट कोअर्डिनेटरहरु शनिसा कार्की, अर्चना बगाले, तारा साँध र सरु कोँजुको महत्वपूर्ण भूमिका रहेको केन्द्रले जनाएको छ । नर्सिङ टोलीबाट वार्ड इन्चार्ज पुजा कोइराला, डाइलाइसिस इन्चार्ज अस्मिता कटुवाल र सुजिता शिवाकोटी, ओटी इन्चार्ज बबिता लबजु, आइ.सी.यु इन्चार्ज अनिता कार्की लगायतको नर्सिङ टोली तथा फिजियोथेरापिष्ट डा गौरव पन्थ, तथा शोनी शिखवालले प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
केन्द्रको स्थापना कालमा बरिष्ठ एनेस्थेसियोलोजिष्ट प्रा डा ब्रम्हदेव झा तथा तत्कालिन नर्सिङ्ग निर्देशक इन्दिरा प्रधान लगायतको प्राविधिक टोलिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया