बडुवालका हत्यारालाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालका हत्यारालाई कारबाही गर्नुपने माग गर्दै आफन्तले मंगलबार जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।
बडुवालको हत्या भएको एक महिना पुग्दासमेत हत्यालाई हदैसम्मको कारबाही र फरार रहेका सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्तले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।
फरार अभियुक्तलाई पाँच दिन भित्रै पक्राउ गरि जन्मकैद गर्नुपर्ने स्थानीय सम्झना केसीले बताइन् । उनले न्याय नपाउँदासम्म आन्दोलन जारी राख्ने बताइन् ।
‘हामीले कानुनी कारवाहीको माग गरेका छौं,’ उनले भनिन्, ‘भोलिका दिनमा भौतिक रुपमा आक्रमण गर्न नपरोस् । हामीले त्यो मनस्थिति बनाएका पनि छौं ।’
न्याय माग्न आउँदै गर्दा न्यायालयको ढोका बन्द भएको भन्दै उनले भनिन्, ‘हामीले चाहेको न्याय पाएनौं भन्ने ढोका र पर्खालाहरुसमेत भत्किने छन् ।’
घटनालाई तोडमोड गरेर अभियुक्तलाई धरौटीमा छुटाउने पर्यत्न गरियो भने न्यायका किताबहरु जलाउने र हिसाब किताब खोज्ने उनले चेतावनी दिइन् ।मृतक बडुवालकी ठूठी आमा दुर्गा बडुवालले अभियुक्तलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन् ।
‘अभियुक्तहरु पैसा तिरेर धरौटीमा छुटछन् भने हामीहरु पनि पैसा तिरेर मार्न तयार छौ्ं,’ उनले भनिन् ।उनले जबसम्म हत्याका योजनाकार नविल रावल पक्राउ पर्दैनन् तबसम्म एक जनालाई पनि छोड्न नहुने उनको माग छ ।
पक्राउ परेकाहरु धरौटीमा छुटे भने आफूहरुले जे पनि गर्न तयार रहेको भूपेन्द्रकी फुपू रमा खड्काले बताइन् । फरार भएका अभियुक्तहरुलाई छिटो भन्दा छिटो प्रक्राउ गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।
बडुवाल हत्यामा संलग्न १२ जना प्रक्राउ परिसकेका छन् भन्ने अझै ९ जना फरार रहेका छन् । कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरिएको थियो ।
((


















बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया