बिहीबार, पुष १०, २०८२

ओमिक्रोन पुष्टी भएका दुई जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ मंसिर २१ गते २०:१८

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण पुष्टि भएका दुई जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुई जना संक्रमण मुक्त भएको जानकारी दिए ।

उनका अनुसार उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

अफ्रिकाबाट नेपाल आएका दुई विदेशी नागरिकलाई ओमिक्रोन भेरिएन्ट भएको सोमवार मात्रै पुष्टी भएको थियो ।

केही दिनअघि नै नेपाल आएका उनीहरुलाई ओमिक्रोन संक्रमणको आशंकामा चिकित्सकको निगरानीमा राखिएको थियो ।

प्रतिक्रिया