विश्वका एक सय प्रभावशाली महिलाको सूचि सार्वजनिक

काठमाडौँ । समाचार संस्था बीबीसीले विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।
बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली एक सय महिलाको सूची जारी गरेको हो ।
सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ शिराबाट बदल्न भूमिका निभाएका महिलाहरु एक सय महिलाको सूचिमा समेटिएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानकी विक लिमा अफशैद, केन्याकी मोडेल हलिमा अदेन, नाइजेरियाकी ओलुएमी, अफगानिस्तानकी समाजसेवी मौउदासा अहमदाजी विश्व सूचिमा परेका छन् ।
यस्तै, यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची पनि प्रभावशाली महिलाको सूचिमा परेका छन् ।
सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन् । यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ ।
भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया