विश्वका एक सय प्रभावशाली महिलाको सूचि सार्वजनिक

काठमाडौँ । समाचार संस्था बीबीसीले विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।
बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली एक सय महिलाको सूची जारी गरेको हो ।
सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ शिराबाट बदल्न भूमिका निभाएका महिलाहरु एक सय महिलाको सूचिमा समेटिएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानकी विक लिमा अफशैद, केन्याकी मोडेल हलिमा अदेन, नाइजेरियाकी ओलुएमी, अफगानिस्तानकी समाजसेवी मौउदासा अहमदाजी विश्व सूचिमा परेका छन् ।
यस्तै, यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची पनि प्रभावशाली महिलाको सूचिमा परेका छन् ।
सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन् । यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ ।
भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन् ।
प्रतिक्रिया