कोरोना देखिएपछि विद्यालय बन्द
काठमाडौँ । विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मंसिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।
यस्तै, मंगलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मंसिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिए । संक्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नु पर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।
यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मंसिर १७ गते कोरोना देखिएपछि मंसिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो ।
यस जिल्लामा हाल कोरोनाका चार जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी देश भारतमासमेत देखा परेकाले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया