प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप
मेरोन्यूज
२०७८ मंसिर २२ गते १४:३४

जनकपुर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ ।
सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उनको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो ।
सम्बन्धित

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया