सोमबार, पुष ७, २०८२

बाजुरामा जीपको ठक्करबाट एक बालकको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २२ गते २०:३१

कैलाली । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गाडी ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर डेढ बर्षिय बालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।

सु प प्र ०१००१ ज ११६४ नम्बरको जीपले ठक्कर दिदा हिमाली नगरपालिका वडा न ६ पाणीका बिर्ख रोकायाका छोरा डेढ बर्षिय अंकित रोकायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

चालकसहित ठक्कर दिने जीप प्रहरीको नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।

चालकले गाडी ब्याक गर्ने क्रममा पछाडीबाट ठोक्किएर घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बिच बाटोमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया