बिहीबार, पुष ३, २०८२

देशभर मौसम सामान्या, चिसोबाट बच्न अनुरोध

मेरोन्यूज २०७८ मंसिर २३ गते ६:४१

काठमाडौँ । हाल नेपालमा कुनै प्रकारको उल्लेखनीय मौसमी प्रणाली छैन । तर, देशका पहाडी भू भागमा आंशिक बदली भने रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ को भू भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भागमा आंशिक बदली तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १ र प्रदेश २ को भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भागमा आंशिक बदली तथा अन्य भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ का भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशभर चिसो बढ्दै गएकाले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया