संवाद सचिवालयले भन्यो- पूर्वराजा र पूर्वयुवराज्ञीकाे कुनै पनि सामाजिक सञ्जाल छैन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको निर्मल निवासले बताएको छ । पूर्व राजाको संवाद सचिवालयले सूचना जारी गर्दै पूर्वराजा र पूर्वयुवराज्ञीले ट्वीटर, फेसबुक चलाउने नगरेको बताएको हो ।
राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि पूर्वराजाले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा भनिएको छ ।
सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’
पछिल्ला राजनीतिक घटनाक्रममा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नामबाट प्रेसित भइरहेका सामग्रीप्रति निर्मल निवासले चासो राखेको हो ।


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया