लेजेण्ड फुटबल खेलाडी पेले अस्पताल भर्ना

काठमाडौँ । ब्राजिलका फुटबल लिजेण्ड पेले पेटको ट्युमरको उपचार गर्न अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए ।
डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएसँगै उनी साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।
सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई हरेक दिन राम्रो भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।
तीनपटकको विश्वकप विजेता बनेका उनी सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।
गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण एक प्रकारको डिप्रेसनसँग लडिरहेको बताएका थिए । पेलेले २१ वर्षको व्यावसायिक करियरमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोलको विश्व रेकर्ड बनाएका छन् ।
उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।

















बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया