बालुवाटारमा पुग्यो कांग्रेस सभापतिमा देउवाले जित्ने यस्तो आँकडा
प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशनमा राष्ट्रिय अनुसन्धान विभाग र निकट नेताहरुले तयार पारेको प्रक्षेपण विवरणसहित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । नेतृत्व मात्रै परिवर्तन गर्ने यो महाधिवेशनमा सभापतिका उम्मेदवार कति हुन्छन् ? ठ्याक्कै भन्न सकिने अवस्था आइसकेको छैन । संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा नै सभापतिका उम्मेदवार छन् । देउवालाई निरन्तर साथमा रहेर सहयोग गर्दै आइरहेका विमलेन्द्र निधिले योपटक आफै उम्मेदवार हुने घोषणा धेरैअगाडि गरेर तयारी थालिसकेका छन् ।
संस्थापनइतर समूहमै पनि महाधिवेशन उद्घाटनको समयसम्म सभापति उम्मेदवारको टुंग्गो छैन । संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु डा. शेखर कोइराला, प्रकाशमान सिंह र महामन्त्रीसमेत रहेका डा. शशांक कोइराला सभापतिका आकांक्षी थिए ।
यसमध्ये शशांकले आफ्नो समूहबाट साझा उम्मेदवार बनाउनु पर्ने र आवश्यक परे एउटै उम्मेदवार बनाउन सकिएको खण्डमा आफूपछाडि हट्ने बताइसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शेखर र प्रकाशमान मिलेर आएमा आफूपछाडि हट्न तयार रहेको तर दुवैपछि नहट्ने हो भने आफूलाई समर्थन गरेर जानु पर्ने बताइरहेका छन् । शेखर र प्रकाशमान दुवैले आ आफ्ना अडान नछोडेपछि रामचन्द्र यतिबेला मौन बस्न थालेका छन् । शेखर र प्रकाशमान दुवैले आफ्नो प्रचार शुरु गरिसकेका छन् ।
यस्तो बेला कांग्रेसको सभापतिको उम्मेदवार कति जना बन्छन् ? र कसले बाजी जित्छ ? अनेक आँकडामा छलफल शुरु भएको छ । कांग्रेसमा जति जना उम्मेदवार भए पनि मतदाताको ५१ प्रतिशत मत जसले ल्याउन सक्छ । उसैले चुनाव जित्ने विधानको व्यवस्था छ । तर, कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पहिलो चरणमा ल्याउन नसकेमा शीर्ष मत ल्याउने दुई उम्मेदवारका बीचमा फेरि मतदान गर्ने कांग्रेसको निर्वाचन सम्बन्धी व्यवस्था छ ।
कांग्रेसको महाधिवेशनमा ४७ सय जति महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । तर पनि सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने आफ्नो आँकडा देशभर कस्तो छ भन्ने बारेमा भित्री अध्ययन गरेका छन् । उनले सरकारी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरेर गराएको अनुसन्धान सर्वेमा उनी सबैभन्दा बलिया देखिएका छन् ।
यस्तो छ आँकडा
देउवाले अनुसन्धान विभागले तयार पारेको प्रतिवेदन र आफू निकट अन्य सन्यत्रलाई पनि परिचालन गरेर तयार पारेको निष्कर्षमा देउवा अन्य उम्मेदवारका अगाडि निकै बलियो देखिएका छन् । देउवा निकट स्रोतले भन्यो, ‘हामीलाई अनुसन्धान विभागले दिएको रिपोर्ट र हामी आफैले सात ओटै प्रदेशका पार्टी संरचना प्रयोग गरी तयार पारेको रिर्पोट लगभग मिल्दोजुल्दो नै देखिएको छ ।’
सर्लाहीको ४ ओटा निर्वाचन क्षेत्रबाहेकमा रहेर देउवाले भित्री रुपमा गराएको सर्वेको विवरण मेरोन्यूजले फेला पारेको छ । जसअनुसार, प्रदेश १ का २८ निर्वाचन क्षेत्र का ७२७ महाधिवेशन प्रतिनिधिमा देउवाको ३०९, रामचन्द्र पौडेल पक्षको ३०७, कृष्णप्रसाद सिटौला पक्षको ९७ र विमलेन्द्र निधिको २ र अन्य १२ जना रहेको सर्वे देउवाको हातमा छ ।
प्रदेश २ का २८ निर्वाचन क्षेत्रमध्ये सर्लाहीका ४ क्षेत्रबाहेक ७१३ मा शेरबहादुर देउवाको पक्षमा ४४४, रामचन्द्र पौडेल पक्षमा १३६, कृष्णप्रसाद सिटौलाको पक्षमा ४ र विमलेन्द्र निधिको पक्षमा ११४ र अन्य १५ जना रहेको सर्वे गरिएको छ ।
बागमती प्रदेशमा ३३ क्षेत्रमा ८६९ महाधिवेशन प्रतिनिधीमा शेरवहादुर देउवाको पक्षमा ३९८, रामचन्द्र पौडेल पक्षमा ४२९, कृष्णप्रसाद सिटौला पक्षमा ३० र विमलेन्द्र निधिको पक्षमा ६ जना र अन्य ६ जना प्रतिनिधी रहेको सर्वे गरिएको छ ।
गण्डकी प्रदेशका १८ क्षेत्रका ४७१ महाधिवेशन प्रतिनिधीमध्ये देउवाको पक्षमा २०२, रामचन्द्र पौडेल पक्षमा २४०, कृष्णप्रसाद सिटौला पक्षमा ९, विमलेन्द्र निधीको पक्षमा सून्य र अन्य १८ जना प्रतिनिधी कतै नखुलेको सर्वै भएको छ ।
लुम्बिनी प्रदेशका २६ क्षेत्रका ६७७ महाधिवेशन प्रतिनिधीमध्येमा शेरवहादुर देउवाको पक्षमा ३९४, रामचन्द्र पौडेलको पक्षमा २७६ , कृष्ण सिटौला र विमलेन्द्र निधिको पक्षमा सून्य र अन्य ७ जना महाधिवेशन प्रतिनिधी रहेको सर्वै भएको छ ।
कर्णालीका १२ क्षेत्रका ३११ प्रतिनिधीमा देउवाको पक्षमा १९१ र रामचन्द्र पौडेलको पक्षमा १०९ विमलेन्द्र निधीको पक्षमा १ र सिटौलाको पक्षमा सून्य प्रतिनिधी रहेको बताईएको छ । ६ जना भने कतै नखुलिसकेका कारण अन्यमा रहेका छन् ।
सुदुरपश्चिममका १६ क्षेत्रको ४१४ महाधिवेशन प्रतिनिधीमा शेरवहादुर देउवाको पक्षमा ३१७, रामचन्द्र पौडेलको पक्षमा ७८, कृष्ण प्रसाद सिटौलाको पक्षमा १३ र निधिको पक्षमा सून्य प्रतिनिधी रहेको सर्वे भएको छ । सुदुरपश्चिममा ६ जना अझै कतै नखुलेको उल्लेख छ ।
यसरी हेर्दा कुल ४१८२ महाधिवेशन प्रतिनिधीका वीचमा रहेर गरिएको उक्त अनुसन्धान सर्वेमा देउवाको पक्षमा २२२५ प्रतिनिधि, रामचन्द्र पौडेल पक्षमा १५१५ प्रतिनिधी रहने देखाईएको छ । सिटौलाको पक्षमा १५३ र विमलेन्द्र निधिको पक्षमा १२३ र कतै नखुलीसकेका ७४ जना रहेको सर्वे देउवाको हातमा परेको छ ।
यो हिसावले देउवाले ५३ दशमलव २० प्रतिशित मत सहित पहिलो चरणमा नै चुनाव जित्ने प्रक्षेपण गरिएको छ । यधपी प्रदेश नम्वर २ र लुम्बिनीमा महाधिवेशन प्रतिनिधी चलायमान हुँदै गुट परिवर्तन केहीले गर्न सक्ने अनुमान पनि गरिएको छ । यसो भएपनि प्रधानमन्त्री देउवाले पहिलो चरणमै ५० दशमलव २१ प्रतिशत मत ल्याउने प्रक्षेपण उक्त अनुसन्धान सर्वेमा गरिएको छ ।
पौडेल पक्षले ३६ दशमलव २२ प्रतिशत, सिटौला पक्षको ३ दशमलव ६५ प्तिशत र विमलेन्द्र निधीको २ दशमलव ९४ प्रतिशत मत आउने प्रक्षेपण गरिएको छ । महाधिवेशनका १ दशमलव ७६ प्रतिशत प्रतिनिधी भने अझै पनि कतै नखुलेको बताईएको छ ।
हेर्नुहोस डाटामा

तर पौडेल पक्ष भन्छ : तथ्यांक त्यस्तो छैन, हामी नै जित्छौं
सोही कारण सकभर सभापति देउवा पहिलो चरणमा नै ५१ प्रतिशत मत कटाएर सभापति जित्ने दाउमा लागेका छन् । सभापतिका अन्य आकांक्षी उम्मेदवार भने पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत पुग्न नदिने र दोस्रो चरणमा समिकरण आफनो वलियो बनाउँदै सभापति जित्ने रणनीतिमा लागेको देखिन्छ ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई प्रयोग गराएर देशब्यापी महाधिवेशन प्रतिनिधीका वीचमा रहेर गराएको गोप्य अनुसन्धानमा पहिलो चरणमा नै आफुले जित्ने सहितको तथ्यांक राखेर वसेपनि पौडेल पक्षले भने त्यो तथ्यांक गलत प्रमाणित हुने वताएको छ । पौडेल पक्षका एक शीर्ष नेताले मेरोन्यूजसँग भने, ‘हामी उम्मेदवारी दर्तासम्म एक जनालाई साझा उम्मेदवार बनाउँछौं । र हामी नै देउवालाई हराएर जित्छौं ।’
उनले सरकारको नेतृत्वमा रहेको सरकार प्रमुखले जहिले पनि आफु चुनावमा रहँदा सरकारी संन्यत्र प्रयोग लगरेर त्यस्तो तथ्यांक संकलन गर्न लगाउने र त्यसरी तथ्यांक संकलन गर्ने सरकारी निकायले पनि सरकार प्रमुखलाईै खुसी बनाउनका लागि गलत रिपोट दिने गरेको उदाहरण अनेक रहेको र अहिले देउवालाई अनुसन्धानले दिएको रिपोट पनि गलत रहेको जिकिर गरे ।
‘प्रधानमन्त्रीलाई अनुसन्धानले रिझयाउनका लागि गलत रिपोर्ट दिएको हुनसक्छ, यसमा हाम्रो भन्नु केही छैन, तर अव कांग्रेस देउवाको नेतृत्वमा चल्न सम्भव छैन । महाधिवेशन प्रतिनिधीहरुले यसपटक विवेक प्रयोग गरेर देउवाको विकल्प सोच्नुहुनेछ ।’ कांग्रेसमा पौडेल निकट रहेका ति नेताले भने ।
यो पनि पढ्नुहोस्
देउवाको अन्तिम सूचीमा को-को परे ? (सूचीसहित)










जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया