एक करोड ६५ लाख भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध मुद्दा दायर
मेरोन्यूज
२०७८ मंसिर २४ गते ११:५०

काठमाडौँ । अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत उद्वव प्रसाद थपलियाविरुद्ध मुद्दा दायर भएको छ । उनले करिब एक करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अहिले अवकाश पाइसकेका थपलियाले आफू पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले छानविन गरेको थियो । करिब ३५ वर्ष सार्वजनिक पदमा बसेका उनको वैध आय करिब एक करोड तीन लाख रहेको समेत आयोगले जनाएको छ ।
उनले एक करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनमाथि भ्रष्टाचार गरेको रकम बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया