माधव नेपालकाे पूर्वराजालाई सुझाव- ‘अब पार्टी खोल्नुहोस् वा व्यवसाय गर्नुहोस्’

काठमाडोँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराज ज्ञानेन्द्र बहादुर शाहले पार्टी खुले राम्रो हुने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा राजाको सम्भावना नभएकाले पूर्वराजाले पार्टी खोले राम्रो हुने बताए ।
उनले राजालाई सुझाव दिदै पार्टी वा व्यापार व्यवसायी गरेर बसे राम्रो हुने बताए । उनले नेपालले अब बंशको शासन स्वीकार्य नहुने बताए ।
यस्तै अध्यक्ष नेपालले प्रतिगामी तत्वहरुले फेरि शीर उठाउने काम गरिरहेको बताए । प्रतिगामी तत्वहरुले शीर उठाउने काम गरिहरेको भन्दै उनले नदिको प्रवाह अगाडि बढिसकेकाले फेरि पछाडि फर्किन नसक्ने बताए । उनले भने, ‘म प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु, फेरि शीर उठाउने दुस्साहस नगर्नुस् । यदि त्यस्तो भयो भने नेपाली जनता फेरि ज्वालामुखी झैं विष्फोट हुनेछन् । समाधान अरुलाई उस्काउने काम नगर्नुहोस् ।’
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया