रामचन्द्र पौडेलले भने : अब सभापतिमा उम्मेदवारी दिन्न
मेरोन्यूज
२०७८ मंसिर २५ गते ११:५४

काठमाडौँ । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा चुनाव नलड्ने बताएका छन् । जारी १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय नभएपछि उनले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् ।
शनिबार बिहान पौडेललाई भेट्न उनकै निवासमा मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, महेश आचार्य, गगन थापालगायतका नेताहरू पुगेका थिए । सोही क्रममा उनले आफू सभापतिको उम्मेदवार नबन्ने बताएका हुन् ।
यसअघि पौडेल सके आफ्नै नाममा, नभए सभापतिका आकांक्षीमध्ये एक जना साझा उम्मेदवार बनाउनु पर्ने पक्षमा रहँदै आएका थिए । तर, सहमतिबिना प्रकाशमान सिंह आ–आफै सभापतिको दौड रहेपछि पौडेल पछि हटेका हुन् ।
उनले सभापतिमा आफ्नो पक्षबाट कसैको नाम सहमति जुटे सहयोग गर्ने बताएका छन् । पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंहसहितका नेताहरूले सभापतिमा दाबी गर्दै आएका छन् ।
सम्बन्धित

















नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया