आइतबार, पुष ६, २०८२

कांग्रेस महाधिवेशनः खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेदवारी (सूचि हेर्नुहोस्)

सभापति र महामन्त्रीमा ६/६ जना भिडे

मेरोन्यूज २०७८ मंसिर २५ गते १९:४३

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका तेब्बर उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

शनिवार भएको उम्मेदवार मनोनयनका क्रममा १०९ जनाले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

शुक्रबार शुरु भएको महाधिवेशनमा शुक्रवार रातीदेखि नै बन्द सत्र शुरु भएको हो ।

महाधिवेशनमा निर्वाचन कार्यक्रम अन्तर्गत शनिवार बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । तोकिएको समयभित्र सभापति र महामन्त्री पदमा छ, छ जनाको उम्मेदवारी परेको छ उपसभापतिमा सात जनाले मनाेनयन गरेका छन् ।

प्रतिक्रिया