हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, ११ घरमा क्षति
कैलाली । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका ६ ढक्का चानदेवका ४५ वर्षीय खगीराज रानाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
शनिबार राति जंगली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । रानाको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले जानकारी दिए ।
यसैगरी जंगली हात्तीको बथानले गरेको क्षतिबारे यकिन विवरण आइनसके पनि करिब ११ वटा घरमा जंगली हात्तीले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक शाहले बताए । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रका बासिन्दा सधै हात्तीको त्रासमा बस्न बाध्य रहेका छन ।
यसअघि हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाको मृत्यु भइसकेको छ ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया