महाधिवेशन प्रतिनिधीसँग देउवा
मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् : देउवा (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले कांग्रेसको जारी महाधिवेशनमा आफुले जसरी पनि सभापति जित्नै पर्ने वताएका छन् । आफुले महाधिवेशनमा चुनाव नजिते प्रधानमन्त्री पदवाट पनि आफुलाई हटाउने भएकोले जसरी पनि जित्नै पर्ने बताएका हुन् ।
आफु निकटका आदीवासी जनजाति महाधिवेशन प्रतिनिधीसामु देउवाले त्यस्तो बताएका हुन् । लैनचौरको एक बैंक्वेटमा आदीबासी जनजाती विभागले आयोजना गरेको महाधिवेशन प्रतिनिधीहरुसँगको कार्यक्रममा देउवाले आफुलाई जिताउन महाधिवेशन प्रतिनिधीसँग आग्रह गरेका हुन् ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला,’ देउवाले भने,-‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन् । त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’
आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने पनि देउवाको भनाई थियो । कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको पनि प्रधानमन्त्री देउवाले बताएका थिए ।
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया