पहिलो चरणमा नै जित हासिल हुन्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले जित हासिल गर्ने बताएका छन् । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका उनले कार्यकर्ताहरूमाझ यस्तो बताएका हुन् ।
आइतबार बिहान अनुपम फुडल्याण्डमा आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने बताएका हुन् । उनले विपीले परिकल्पना गरे जस्तो र शुवर्ण शमशेर, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शुशील कोइरालाले सपना देखेअनुसारको पार्टी तयार गर्न आफ्नो समूह सक्षम रहेको दाबी गरे ।
कांग्रेसमा आवश्यक रुपान्तरण गर्न आफ्नो समूह सक्षम रहेकाले पनि आफूहरुको जित सुनिश्चित रहेको उनको दाबी थियो । उनले उर्जा र अनुभवसहितको आफ्नो टिम कार्यकर्ताले चाहे जस्तो पार्टी बनाउन सक्षम रहेकाले आफ्नो समूहमा मतदान गर्न नेता तथा पदाधिकारीलाई आग्रह गरे ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया