राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ
मेरोन्यूज
२०७८ मंसिर २६ गते १४:३५

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् ।
उनले ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी।फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा रावलले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, डा गुणराज लोहनी र डा रमेश ढकालको सहभागिता रहेको थियो । रासस
सम्बन्धित










साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया