बुधबार, पुष ९, २०८२

एमालेको विभागीय प्रमुखको जिम्मेवारी कुन-कुन नेताले पाए ?

मेरोन्यूज २०७८ मंसिर २६ गते १८:४५

काठमाडौं । नेकपा एमालेले पार्टीको महत्वपूर्ण विभागहरुमा नेताहरुको कार्यविभाजन गरेको छ । केपी ओलीलाई समग्र पार्टीको जिम्मेवारी ठोस गदै एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटि बैठकले अन्य महत्वपूर्ण विभागहरुको प्रमुखमा नेताहरुको जिम्मेवारी ठोस गरेको हो ।

जसअनुसार संगठन विभाग प्रमुखमा खगराज अधिकारी , स्कुल विभागमा प्रदीप ज्ञवाली, प्रचार विभागमा पृथ्वीसुब्बा गुरुङले जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस कुन नेतालाई कुन विभागको जिम्मेवारी ?

केपी ओली : समग्र पार्टी

ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय

रामबहादुर थापा (बादल) : राष्ट्रिय सुरक्षा

विष्णु पौडेल : पार्टी संगठन अनुगमन

सुवास नेम्वाङ : ससदिय अनुगमन

सुरेन्द्र पाण्डे : राजकीय मामिलाको जिम्मेवारी

शंकर पोखरेल : समग्र पार्टी

प्रदीप ज्ञवाली : स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग

विष्णु रिमाल : आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई

कार्यालय सचिव : भीष्म अधिकारी

संगठन विभाग : खगराज अधिकारी

प्रतिक्रिया