गगनको विश्वासः कांग्रेसको भविष्य मतदाताले निर्धारण गर्छन्
मेरोन्यूज
२०७८ मंसिर २६ गते १९:२४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका पदका उम्मेदवार गगन थापा कांग्रेसको भविष्य मतदाताले निर्धारण गर्ने कुरामा विश्वस्त देखिएका छन् ।
संस्थापन इतर पक्षको शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार थापाले कांग्रेसमा एमालेमाजस्तो लिस्ट पढेर बिजयी घोषणा नगरिने बताए ।
‘एमालेको जस्तो मतदाता घाम तापेर बसेर ओलिबा जस्तो लिष्ट लिएर पढे जस्तो कांग्रेसमा हुँदैन ।’– थापाले भने । उनले चुनाव जित्न मतदाता नै भेट्नु पर्ने बताए ।
शेखर कोइराला सभापति भएपछि कुनै गुटको नेता नहुने पनि गगनले स्पष्ट गरे । निर्वाचनको अन्तिम कसरतमा रहेका थापा कार्यक्रममा निकै प्रफूल्ल मुद्रामा देखिएका थिए ।
सोमवार मतदान हुने भएपछि दिन रात नै उम्मेदवारहरु प्रतिनिधिहरुसँगको भेटघाट गर्दै अन्तिम कसरतमा लागिरहेका छन् ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया