थापाको लिङ्देनलाई पत्र-महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गरियोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसँग महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् ।
निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको भन्दै उनले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । थापाले पत्रमा भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’
थापाले राजसंस्था र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारेमा पार्टीभित्र बहस गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । अध्यक्ष निर्वाचित भएका लिङ्देनलाई बधाई दिँदै थापाले तपाईंको योग्यता र क्षमताबाट आफू प्रभावित भएको उल्लेख गरेका छन् ।



















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया