दुई हजार छ मत गणनाः देउवाले शेखरसँग मतान्तर बढाए

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको मतान्तर बढाउँदै लगेका छन् ।
पाँच प्रतिष्पर्धी रहे पनि देउवा र कोइरालाबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनाको क्रममा मंगलबार विहान ७ बजेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत वाइका छन् भने शेखरले ७ सय २६ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत मात्रै पाएका छन् ।
पाँचौं स्थामा रहेका कल्याण गुरुङले अहिलेसम्म ६ मत मात्र प्राप्त गरेका छन् ।
चार हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत ल्याउनुपर्ने भएको छ । त्यति मत नआएमा बढी ल्याउने दुई जनाबीच पुन चुनाव हुनेछ ।
आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।
















लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य
चैतमा ९०० विपद्का घटना : ३० जनाको मृत्यु
नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया