बिहीबार, पुष १०, २०८२

देउवालाई शशांकको जवाफ- ‘म पार्टी एकताको पक्षमा छु’

मेरोन्यूज २०७८ मंसिर २८ गते १५:४७

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका शेरवहादुर देउवाले सबैसँग सहयोगको अपिल गरेका छन् । उनले निर्वाचन दोस्रो चरणमा गएलगत्तै सभापतिको रेसबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधिकाे निवासमा पुगेर सहयोगका लागि आग्रह गरेका थिए ।

जवाफमा उनलाई निधि र सिंह दुवैले सहयोग गर्ने बचन र प्रतिवद्धता जनाइसकेका छन् । सिंहले आफ्नो साथ देउवालाई हुने भन्दै समझदारी गरेका छन् । उता निधिले पनि वक्तब्य नै दिएर देउवाको पक्षमा मत मागेका छन् ।

देउवाले महामन्त्री रहेका डा शशांक कोइरालालाई बालुवाटार बोलाएर भेटघाट गरेका थिए । आफ्नै दाजु शेखरको पक्षमा समेत नखुली मौन बसेका शशांकसँग देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर शशांकले आफू पार्टी एकताको पक्षमा रहेकोले कतै पनि नखुल्ने जानकारी गराएको उनी निकट नेताले बताएका छन् ।

प्रतिक्रिया