बुधबार, पुष ९, २०८२

कांग्रेस सभापतिको पुनः मतदान : आधा घण्टा समय थपियो

मेरोन्यूज २०७८ मंसिर २८ गते १८:०४

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि भएको निर्वाचनको समय थप गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आधा घण्टा समय थप गरिएको हो ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो अपराह्न ३ः३० बाट मतदान सुरु भएको थियो ।

अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म मतदानको समय कायम भएकोमा आधा घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । सोमबार भएको मतदानमा सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त नगरेपछि सभापति पदमा पुन मतदान भएको हो ।

प्रतिक्रिया