मंगलबार, पुष ८, २०८२

दोश्रो चरणको चुनावमा शेखरले बढाए १५३ मत

मेरोन्यूज २०७८ मंसिर २९ गते ३:२२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापतिका प्रत्याशी डा। शेखर कोइराला चुनाव त जितेनन । पार्टीका सभापति रहीसकेका र सरकारको नेतृत्व समेत गरिरहेका शेरवहादुर देउवासँग उनी पराजित हुन पुगे । तर पहिलो चरणको चुनाववाटै देउवालाई सजिल्यै जित्न नदिएका शेखर दोस्रो चरणमा देउवासँग पराजित भए ।

तर उनले उनी विरुद्ध सभापतिका अन्य प्रत्याशीहरु सवै मिलेर मोर्चावन्दी गर्दा पनि दोस्रो चरणको चुनावमा उनले आफनो भोट बढाएका छन् । उनले पहिलो चरणमा भन्दा दोस्रो चरणमा १५३ भोट वढाएका हुन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका थिए ।

पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाएका थिए ।

दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे । त्यसमा पनि १५३ भोट बढाए ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । देउवाले २७३३ मत ल्याउँदा कोइरालाले १८५५ मत पाएका थिए ।

प्रतिक्रिया