दोश्रो चरणको चुनावमा शेखरले बढाए १५३ मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापतिका प्रत्याशी डा। शेखर कोइराला चुनाव त जितेनन । पार्टीका सभापति रहीसकेका र सरकारको नेतृत्व समेत गरिरहेका शेरवहादुर देउवासँग उनी पराजित हुन पुगे । तर पहिलो चरणको चुनाववाटै देउवालाई सजिल्यै जित्न नदिएका शेखर दोस्रो चरणमा देउवासँग पराजित भए ।
तर उनले उनी विरुद्ध सभापतिका अन्य प्रत्याशीहरु सवै मिलेर मोर्चावन्दी गर्दा पनि दोस्रो चरणको चुनावमा उनले आफनो भोट बढाएका छन् । उनले पहिलो चरणमा भन्दा दोस्रो चरणमा १५३ भोट वढाएका हुन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका थिए ।
पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाएका थिए ।
दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे । त्यसमा पनि १५३ भोट बढाए ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । देउवाले २७३३ मत ल्याउँदा कोइरालाले १८५५ मत पाएका थिए ।















लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
113 individuals arrested under ‘special sweep operation’
सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया