कांग्रेस पदाधिकारीको मतगणना आजदेखि सुरु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ६:४५

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसमा सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी भएसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना बुधबार दिउँसोदेखि सुरू हुने भएको छ । निर्वाचन समितिले आज दिउँसोदेखि पदाधिकारीको मतगणना हुने जानकारी दिएको हो ।
अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । मतपेटिकाहरू चुनावकै दिन राति पार्टी कार्यालयमा लगेर राखिएको छ ।
आजदेखि सुरु हुने मत गणना आगामी पुस ५ गतेभित्र परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया