हेटौँडामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ९:४५
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ दामिटारमा बुधबार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
थापाको अवस्था सामान्य छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित















प्रतिनिधि सभा बैठक बोलाउने तयारीमा संसद् सचिवालय
एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना
भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु
काठमाडौंमा वायु प्रदूषणको स्तर चिन्ताजनक, सावधानी अपनाउन प्रहरीकाे आग्रह
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया