हेटौँडामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २९ गते ९:४५
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ दामिटारमा बुधबार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्य रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएका छन् । उनको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
थापाको अवस्था सामान्य छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया