धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए ।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।
सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्नु नगराउनुहुन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उहाँले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत (कानून) अधिकारीले बताए ।


















दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया