मंगलबार, फागुन २६, २०८२

देशलाई थिलाेथिलो पार्ने षड्यन्त्र हुँदैछ : नेता पौडेल

मेरोन्यूज २०७८ मंसिर २९ गते १०:०८

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने आपत्तिजनक क्रियाकलापबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेका छन् । उनले देशलाई प्रयोग गर्ने थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र गरेको भन्दै सबै सचेत हुनु पर्ने बेला आएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेता पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत भने, ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौँ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दै छन् ।’

यस्तै, उनले संसद चलाएर संसदबाट सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुरू गर्न नसकेर देशलाई अन्योलमा लगेको आरोप लगाए । उनले आफ्नै पार्टीको सरकारसमेत देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी ओलीको दुस्प्रयास सही साबित बनाउँदै लगेको बताए ।

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुरू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु सर्मपर्ण गरेको ठहरिने छ, उनले भने ।

प्रतिक्रिया