मंगलबार, पुष ८, २०८२

आगामी बैठकमा प्रदेश नामाकरण हुन्छ : मुख्यमन्त्री राई

मेरोन्यूज २०७८ मंसिर २९ गते १०:३२

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण गर्नेबारे छलफल गर्ने बताएका छन् । उनल पत्रकारसँग कुरा गर्दैै चाँडै नै प्रदेशको नाम राख्नेबारे छलफल गर्ने बताएका हुन् ।

‘अब हुने संसदमा नै प्रदेशको नामकरणबारे छलफल हुन्छ, तर केही समय लाग्न सक्छ,’ मुख्यमन्त्री राईले भने, ‘एउटै पार्टीको बहुमतको सांसद नभएको अवस्था र हरेक पार्टीको फरक–फरक नामको बारेमा दृष्टिकोण भएकाले समय चाहिँ लाग्न सक्छ ।’

उनले आगामी हिँउदे अधिवेशनमा नै प्रदेशको नामाकरण टुंगोमा पुर्याउने बताएका हुन् । यस्तै, उनले काठमाडौँमा रहेको प्रदेश सम्पर्क कार्यालय बन्द गरेको जानकारी दिए ।

यस्तै, उनले मुख्यमन्त्री निवासको विस्तार गर्ने बताएका छन् । उनले नयाँ निवासबारे पत्रकारलाई जानकारी दिँदै अन्य मन्त्रीहरूका लागि समेत निवास विस्तार गर्ने जानकारी दिएका हुन् ।

प्रतिक्रिया