बुधबार, पुष ९, २०८२

एमालेका मनोनित केन्द्रीय सदस्यले लिए शपथ

मेरोन्यूज २०७८ मंसिर २९ गते १२:३०

काठमाडौँ । नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई बुधबबार तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेको यही २५ र २६ गते भक्तपुरमा बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

एमाले विधान अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो । एमालेको १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया