ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहले माघ १९ को कदम चाल्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगको सहमतिमा चालेको गम्भिर आरोप लगाएका छन् । एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा ज्ञानेन्द्रले मच्चाएको उपद्रोमा प्रचण्ड सहमति गरेकाे उनले टिप्पणी गरे ।
‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो, के सहमति भएको थियो, कसकाविरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्यो नि ।’ ओलीले भने ।
१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिना कुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएकोले त्यसभित्र ज्ञानेन्द्र र प्रचण्डका बीचमा सहमति रहेको टिप्पणी गरेका हुन् ।
‘ज्ञानेन्द्र र प्रचण्डको त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलमखुल्ला जान सक्ने कसरी भयो ? उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत दाबी गरे । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भने, -‘कसकाविरुद्ध सहमति भएको थियो ? त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया